२१ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई ओलीको आग्रह : हप्कीदप्की होइन, कानुनको पालना गर्न सिक्नुस्


ओली प्रचण्ड संघर्ष फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हप्कीदप्की नगरी कानुनको पालना गर्न चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित आफूपक्षीय अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला प्रचण्ड-नेपाल समूहका नेताहरु हप्किदप्कीमा लागेको भन्दै त्यसो गर्न छोडेर कानुनको पालना गर्न चेतावनी दिएका हुन् ।

ओलीले प्रचण्ड माधव नेपालहरुलाई देश अगाडि बढ्ला कि भनेर चिन्ता लागेको बताउदै उनले केहि गरिवको तरकारी फ्याकेर महान आन्दोलन सफल पार्न लागेको भन्दै ‘एउटी आमाले डोकोमा बोकेर ल्याएको तरकारी सडकमा फ्याकिदिनुभयो । आफु गाडी र बाइक चढेर रमिता हेरेको’ बताए ।

ओलीले प्रचण्ड नेपालका कार्यकर्ता सिध्दिएपछि आफै सडकमा आएको टिप्पणी समेत गरे । सम्बोधनका क्रममा ओलीले प्रचण्ड-नेपाल समूह कम्युनिष्टको बर्का ओढेर कम्युनिष्ट आन्दोलनलाई नै कमजोर पार्न लागि परेको आरोप पनि लगाए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको प्रश्न : किन चाहियो लालकिल्ला र इण्डिया गेट ?

प्रचण्ड आन्दोलन, झगडा, मुद्धा लड्न र मुख छाड्न बानी परेका छन् : ओली

प्रचण्ड-नेपाल समूहले ६ महिनाकी सुत्केरीमाथि तातोतेल खन्याईदिएकाे बास्कोटाको आरोप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !