१२ असार २०८१, बुधबार

संविधान संशोधन गरौं भन्दा मधेसवादी दलहरु भाग्छन् : ओली


kp-oli

१२ माघ, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन हुन्छ भन्ने डरले मधेस केन्दि्रत दलहरु कांग्रेससँग मिल्न गएको आरोप लगाएका छन् । समुदायिक रेडियो प्रशारक संघको पोखरा सम्मेलनलाई सम्बोधन गर्दै ओलीले वाम र मधेसी गठबन्धन मिल्दा दुई तिहाई पुग्ने बताए ।

संविधान संशोधन हल्ला गर्ने विषय नभएको भन्दै उनले भने, ‘यदि संविधानमा कुनै विभेद छ भन्ने आउनुस्, छलफल गरौं । तत्काल हटाइन्छ ।’ ओलीले अघि भने, तयार हुनुहुन्छ ? भाग्नुहुन्छ । किनभने संशोधन भयो भने मुद्दा नै सकिन्छ ।’ सरकारले ल्याएको संशोधन प्रस्तावको विरोध गरेको तर, संविधान संशोधन हुनै सक्दैन नभएको ओलीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !