१५ बैशाख २०८१, शनिबार

चौतारीमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले खत्तम पार्दिएछ : प्रधानमन्त्री ओली

ओलीले दिए प्रचण्ड-माधवलाई ‘कुलंगार र भस्मासुर’को संज्ञा


केपी शर्मा ओली फाइल फोटो

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपाललाई चोटिलो व्यंग प्रहार गर्दै चौतारीमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले खत्तम पार्दिएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगले हिजो नेकपा विभाजनलाई मान्यता नदिएर दुबै समूहको माग दावीलाई अस्वीकार गर्ने निर्णय गरेपछि ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

आज सोमबार दाङको भालुवाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड-नेपाललाई ‘कुलंगार र भष्मासुर’को संज्ञा दिएका छन् । उनले त्यस्ता प्रवृत्तिका मान्छेहरुले पार्टी छाडेर गएको पनि दावी गरे । उनले प्रचण्ड र माधव नेपाल लगायतको नाम उच्चारण नगरी दुईचार जना ‘कुलंगार र भष्मासुर’हरूले पार्टी छोड्दैमा कम्युनिष्ट आन्दोलन कमजोर नहुने दावी गरेका हुन् ।

उनले केही मान्छेहरुले पार्टी बैठकमा नआएर बैंक्वेट र रेष्टुरेष्टमा बसेर आफूलाई पार्टीबाटै हटाएको भनेर भन्ने गरेपनि उनीहरुलाई निर्वाचन आयोगले उचित जवाफ दिएको बताएका छन् । उनले आफू असफल भएर केही नहुने जिकीर गर्दै देश असफल हुन नहुने बताएका छन् ।

उनले माधव नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै आफूलाई पार्टीबाटै हटाएको भनेर प्रचार गरेपनि उनीहरुले आफूलाई पृथ्वीमै नरहे हुन्थ्यो भनेर भनिरहेको बताएका छन् । उनले अध्यक्ष चाहियो भनेर केटाकेटी जस्तो क्याङक्याङ गरेको र कामै नगर्न नदिएकाले संसद विघटन गर्नुपरेको बताए । उनले पार्टी टुक्राउन खोजे पनि एकजुट बनाइ राखिएको बताएका थिए । उनले जनतालाई साथमा लिएर देश विकास गर्ने पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !