१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-माधव नेपाल सिङ फुक्लेको तिल्के गोरु : प्रधानमन्त्री ओली


केपी शर्मा ओली फाइल फोटो

दाङ । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरु रहेको टिप्पणी गरेका छन् । काम चलाउ प्रधानमन्त्री समेत रहेका ओलीले तिल्के गोरुको उदाहरण सुनाउँदै अशान्ति मच्याउने यो समूहसँग क्षमता नभएको टिप्पणी गरे ।

दाङको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, “एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने । भुइँ खोस्रिने, हुक्का गर्ने । अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने । एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !