७ बैशाख २०८१, शुक्रबार

नेपाल र भारतको सीमा विवाद वार्ताबाट समाधान हुन्छ : प्रधानमन्त्री ओली


‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरी प्रधानमन्त्री केपी ओलीसँग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको सीमा विवाद वार्ताबाट समाधान हुने बताएका छन् । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीसँग अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

यो पनि पढ्नुहोस् : चुनाबपछि आफ्नै पार्टीको सरकार बन्छ : प्रधानमन्त्री ओली

उनले नेपाल भारत र चीनलाई फरक ढंगले व्यवहार गर्ने नभइ पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अंगिकार गरिरहेको बताएका छन् । ओलीले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देश विरुद्ध आफ्नो जमिन वा आकाश प्रयोग गर्न नदिने बताएका हुन् ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि उक्त भारतीय टेलिभिजन च्यानल ‘जी न्युज’ लगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । जी न्युजले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको कार्यक्रम सुधीरले नै प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस्

ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग आफूलाई यसरी गरे तुलना

चीन र भारतबीच मध्यस्थता गर्न तयार छु : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !