७ बैशाख २०८१, शुक्रबार

ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग आफूलाई यसरी गरे तुलना


केपी ओली र नरेन्द्र मोदी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीसँग अन्तर्वार्ता दिंदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूलाई यसरी तुलना गर्दै मोदी आफूभन्दा उमेरमा व्यक्तिगत रुपमा केही वर्षले जेठो भएपनि सरकार प्रमुखको रुपमा समान हैसियत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मोदी आफूभन्दा जेठो भएपनि सार्वभौम सत्ता सम्पन्नताको हिसाबले एउटै श्रेणीको प्रधानमन्त्री रहेको बताएका छन् । उक्त टेलिभिजनमा अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले देशको भूगोल सानो-ठुलो हुन सक्छ तर सार्वभौमिकता ठुलो-सानो नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौमिकताको हिसावले बराबरी हुने बताएका हुन् ।

दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हुने स्पष्ट पारे । पत्रकार चौधरीले सोधेको प्रश्नको उत्तर दिँदै ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी आफूसँग लगभग समान उमेरमा राजनीति पनि सुरु गरेका आफ्ना मित्र भएकोले हामी दुवै जनाले एकअर्कालाई बुझ्न सक्ने पनि बताएका छन् ।

यो पनि पढ्नुहोस्

चीन र भारतबीच मध्यस्थता गर्न तयार छु : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !