८ बैशाख २०८१, शनिबार

चुनाबपछि आफ्नै पार्टीको सरकार बन्छ : प्रधानमन्त्री ओली


‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरी प्रधानमन्त्री केपी ओलीसँग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाबपछि आफ्नै पार्टीको सरकार बन्ने दावी गरेका छन् । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीसँग अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले आगामी बैशाखमा हुने निर्वाचनपछि पनि आफू नै सत्तामा आउने दाबी गरे ।

के वैशाखमा हुने चुनावपछि पनि तपाइँ प्रधानमन्त्री रहिरहनुहुन्छ भन्ने चौधरीको प्रश्नको उत्तर दिंदै ओलीले वैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दावी गरे ।

आफ्नो पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा पनि ठूलो दलका रुपमा आफ्नै पार्टी स्थापित हुने र आफूले नै नयाँ सरकारको नेतृत्व गर्ने दाबी गरे । नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्रयास गरिरहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग आफूलाई यसरी गरे तुलना

चीन र भारतबीच मध्यस्थता गर्न तयार छु : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !