११ बैशाख २०८१, मंगलबार

चीन र भारतबीच मध्यस्थता गर्न तयार छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने, 'चीन र भारत वीचको सीमा विवादमा नेपाललाई कुनै लेनादेना छैन'


‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरी प्रधानमन्त्री केपी ओलीसँग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे चीन र भारतबीच रहेको सीमा विवादका सम्वन्धमा मध्यस्थता गर्न नेपाल तयार रहेको बताएका छन् । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीसँग अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपालले कुटनीतिक ‘मध्यस्थता’को भूमिका निर्वाह गर्न सक्ने बताएका हुन् ।

चीन र भारत वीचको विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएकोले दुई छिमेकी मित्रराष्ट्र बीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी नरहेको पनि बताएका छन् । दुई छिमेकी मित्रराष्ट्र बीच समस्यारहित सम्बन्ध नेपालले चाहेको प्रधानमन्त्री ओलीले प्रष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदी र चिनियाँ राष्ट्रपति सी जिनपिङकाको साथी भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुबैजना आफूसँग लगभग समान उमेरमा राजनीति पनि सुरु गरेका आफ्ना मित्र भएकोले हामी तीनैजनाले हामी एकअर्कालाई बुझ्न सक्ने पनि बताएका छन् ।

नेपालले दुवै मित्रराष्ट्रसँग तटस्थताको राजनीति गर्ने भएकोले नेपालले एकको विरुद्ध अर्काको कार्ड खेल्दा भलाइ नहुने भएकोले नेपालले त्यस्तो खेल नखेल्ने बताउदै नेपालले समदुरीको सम्बन्ध राख्न चाहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशमा शान्ति कायम भएमा नै नेपाल पनि सुरक्षित हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीसँगको अन्तर्वाता लिएर प्रशारण हुनुअघि चौधरीले फेसबुकमा लेखेका छन्, ‘छिमेकमा के चलिरहेको छ भनेर थाहा पाउनु महत्त्वपूर्ण हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो कुराकानी भयो । अब नेपालले भारतलाई किन ठूल्दाजुका रुपमा व्यवहार गर्न चाहँदैन भन्ने बारेमा पनि कुरा भयो ।’

नेपाली समय अनुसार हिजो राती ९:१५ बजे उक्त टेलिभिजनमा प्रशारित प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्तामा ओलीले भारत र नेपालको इतिहास चौधरीलाई र समग्र भारतीयलाई बुझाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !