१५ जेष्ठ २०८१, मंगलबार

पानी बाराबारको सम्वन्ध भएका ओलीले फेरि किन एक्कासी गरे प्रचण्डलाई फोन ?


ओली र प्रचण्ड फोन कुराकानी

काठमाडौं । भनिन्छ ‘राजा र देउता, आगो र पानी, तरुनी र मुर्खदेखि नमान्नु हर्क’ । यसको अर्थ हुन्छ : यिनीहरुले आफ्नो अनुकूल कार्य गर्न जस्तोसुकै हर्कत पनि गर्न सक्छन् । साथै सत्ता र शक्तिको लागि राजनीतिक नेताहरुले जस्तोसुकै हर्कत पनि गर्ने गर्छन् ।

तर माया, प्रेम र मानवताको लागि जस्तासुकै बादशाह पनि हारेका छन् । परोपकार भन्दा ठुलो धर्म यो संसारमा अरु कुनै छैन । साथै भावना र मानवताको लागि जसले पनि शिर झुकाउने गरेका छन् । आखिर जतिसुकै विवाद र आरोप-प्रत्यारोप गरेर पानी बाराबारको सम्वन्ध भएका ओली र प्रचण्डवीच फेरि अचानक फोनमा कुराकानी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताको हिसाबले प्रचण्डलाई फोन गरेका हुन् ।

आज दिउसो मात्र ओलीले आफू मरेपनि प्रचण्ड-नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गर्दै संसद पुनर्स्थापनाको सम्भावना पनि नरहेको जिकिर गरेका थिए । उनले आफू मर्छु तर उनीहरुको आकांक्षा पुरा हुन दिँदिन भन्दै चुनाब हुँदैन भन्ने प्रचण्ड-नेपाल समूह अबको चुनावमा पत्तासाफ हुने पनि बताएका थिए । पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् ।

काठमाडौँमा आफू पक्षीय सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफूले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गर्नुका साथै एकतालाई जोगाउन आफूले प्रचण्डसँग पटक-पटक सहमति गरेको प्रसंग कोट्याउदै प्रचण्डसँग सहमति गर्दा आफ्नो एउटा ब्रिफकेस नै भरिएतापनि प्रचण्डले सहमति कार्यान्वयन गर्न नसकेको आरोप लगाए ।

ओलीले बुधबार साँझ प्रचण्डलाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । साथै अर्थमन्त्री समेत रहेका नेकपा ओली समूहका महासचि विष्णु पौडेल र नेता सुवास नेम्वाङ बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

साथै उनीहरुले मेडिसिटी अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीले पठाएको स्वास्थ्य लाभको कामना सुनाएक छन् । प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझेका छन् । प्रचण्डकी पत्नी सीता अस्वस्थ बनेपछि उनलाई आज बुधबार सो अस्पताल भर्ना गरिएको छ ।

यो पनि पढ्नुहोस्

चुनाव गराउने भए अध्यक्ष छोड्न तयार छु : प्रधानमन्त्री ओली

म मर्छु तर प्रचण्ड-नेपाल समूहको आकांक्षा पुरा हुन दिन्नँ : प्रधानमन्त्री ओली

ओली भन्छन्, “प्रचण्डलाई धुँदा-धुँदा साबुनका धेरै डल्ला खर्च भए, ड्रमका ड्रम पानी खतम भयो”

माधवकुमार नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !