७ बैशाख २०८१, शुक्रबार

माधवकुमार नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको आरोप लगाएका छन् । सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले नेपाल कार्यकर्ता हुन प्रचण्डसँग गएको आरोप लगाए ।

‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’ ओलीले भने, “षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर मैले तीन वर्ष सम्झाएको हो । तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !