२० बैशाख २०८१, बिहिबार

ओली भन्छन्, “प्रचण्डलाई धुँदा-धुँदा साबुनका धेरै डल्ला खर्च भए, ड्रमका ड्रम पानी खतम भयो”


केपी शर्मा ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको बताएका छन् । सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको आरोप लगाए ।

ओलीले भने, “षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर मैले तीन वर्ष सम्झाएको हो । तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रमका ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !