२६ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री चाहियो भनेर प्रचण्ड माइतीघर मण्डलामा लडिबुडी गरेको लेखराज भट्टको आरोप


लेखराज भट्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहालले केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरेको बताए । ओली समूहको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टले यस्तो बताएका हुन् ।

नेता भट्टले भने “राति सुत्दा पनि प्रधानमन्त्री नै देख्छन् । ओलीले आम चुनावपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्छु भन्दा पनि प्रचण्ड र माधवकुमार नेपाललगायतले धैर्य गर्न सकेनन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !