४ जेष्ठ २०८१, शुक्रबार

वैशाखपछि ओली प्रधानमन्त्री रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ : प्रचण्ड


प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् । संसद विघटनविरुद्ध भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक इतिहासबाट ओलीको पत्तासाथ हुने बताए।

अध्यक्ष प्रचण्डले भने, “हुनेबाला चुनाव घोषणा भएकै होइन । चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ ।”

यो पनि पढ्नुहोस्

प्रचण्डले ओलीलाई चेतावनी दिँदै भने, “कति गर्न सक्ने हो, तयारी गरे हुन्छ, हामी छाड्ने बाला छैनौं”

ओली एउटा निरंकुश, तानाशाही शासक हो, संविधानको बलात्कार गरेँ : अध्यक्ष प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !