७ बैशाख २०८१, शुक्रबार

प्रचण्डले ओलीलाई चेतावनी दिँदै भने, “कति गर्न सक्ने हो, तयारी गरे हुन्छ, हामी छाड्ने बाला छैनौं”


प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीलाई कति गर्न सक्ने हो, तयारी गर्न आग्रह गरेका छन् । संसद विघटनको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तपाईहरुले कति गर्न सक्ने हो, तयारी गरे हुन्छ । हामी छाड्ने बाला छैनौं ।’

‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।’ प्रचण्डले भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !