१८ पुस २०८१, बिहीबार

नेकपा विभाजनको संघारमा हुँदा किन भेट्न चिनियाँ राजदूतले राष्ट्रपतिलाई ?


राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छी

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले साँझ करिब ६ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छिन् । नेकपा विभाजनको संघारमा हुँदा राजदूत यान्छीले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटका क्रममा के छलफल भयो भन्नेबारे खुलि नसकेपनि नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपा विभाजनको संघारमा पुगेको बेला राजदूत भेटवार्ताका लागि पुगेको बुझिएको छ ।

एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालय मार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको थियो ।

आज बिहान बसेको नेकपा ओली समूहले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । ओली समूहले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाई प्रदीप ज्ञवालीलाई प्रवक्ता नियुक्त गर्ने निर्णय समेत गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको स्रोतले बताएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको घोषणा गरेलगतै नयाँ अध्यक्षमा माधव नेपाललाई चयन गरेको छ । प्रचण्ड-नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको थियो ।

सत्तारुढ नेकपामा विवाद चरम अवस्थामा पुग्दा यसअघि पनि सक्रियता देखाउने गरेकी राजदूत यान्छी पछिल्लो नेकपामा देखिएको विवादमा भेटघाटमा किन सक्रिय भइनन् भनेर पनि हेरिएको थियो । नेकपाभित्रको विवादमा यान्छीले चासो देखाउने गरेको टिप्पणी हुँदै आएको छ ।

साथै नेकपाभित्रको विवाद उग्र बन्दा त्यसलाई मिलाउन विदेशी राजदूत सक्रिय भएको भनेर उनको आलोचना हुँदै आएको छ । साथै राष्ट्रपति जस्तो सम्मानित पदमा आसिन व्यक्तित्व पनि नेकपाभित्रको आन्तरिक विवादमा हस्तक्षेप गरेको भएर उनको समेत तीव्र आलोचना हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

ओलीलाई बर्खास्त गरेपछि नेपाल नेकपाको नयाँ अध्यक्ष भएको घोषणा

ओलीलाई अध्यक्ष पदबाट हटाइएको प्रचण्ड-नेपाल समूहको घोषणा

बालुवाटारमा भएको ओली समूहको भेला वैधानिकता प्राप्त नभएको प्रचण्डको दावी

संसद विघटन बदर गर्न माग गर्दै प्रचण्ड-नेपाल समूहका सांसदहरुद्वारा सर्वोच्चमा रिट दर्ता

नेकपामा तीन चिरामा चोइटिने सम्भावना : वामदेव र बादलले भैंसेपाटीमा गरे छुट्टै छलफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !