४ बैशाख २०८१, मंगलबार

नेकपामा तीन चिरामा चोइटिने सम्भावना : वामदेव र बादलले भैंसेपाटीमा गरे छुट्टै छलफल


ओली, प्रचण्ड-नेपाल र गौतम-थापा

काठमाडौं । विभाजनको संघारमा रहेक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन चिरामा चोइटिने सम्भावना देखिएको छ । यता ओली र प्रचण्ड-नेपाल समूहले आफ्ना-आफ्नै केन्द्रिय कमिटी बैठक गरेर एक-अर्कालाई वर्खास्त गरिरहेको बेला नेकपाका सचिवालय सदस्यहरु वामदेव गौतम र राम बहादुर थापा ‘बादल’ भने तेस्रो गुट बनाउने तयारीमा जुटेका हुन् ।

नेकपाभित्र ओली र दाहाल-नेपाल समूहका गुटगत भेलामा सहभागी नभएका उनीहरुले तेस्रो गुट निर्माण गर्ने तयारी स्वरूप गौतम निवास भैंसेपाटीमा छुट्टै छलफल गरेका हुन् । आफ्नो गुटको भेलामा आउन ओली र प्रचण्ड-नेपाल समूहले गरेको पटक-पटकको आग्रहलाई अस्विकार गरी उनीहरु तेस्रो गुट बनाउने तयारी गरेको स्रोतले बताएको छ ।

प्रचण्डले आज मंगलबार बिहान बादललाई सरकारी निवासमा पुगेर भेटेर बादललाई उनी निकटका एक दर्जन बढी नेता तथा कार्यकर्ताहरुले भेटेरै ओलीसँग नबस्न आग्रह गरेका थिए । गौतमले भने दुबै भेलाले पार्टी फुटाउने घोषणा गर्ने भएकाले आफू नेकपा विभाजनको पक्षमा नरहेको भन्दै आएका छन् ।

यसअघि दुवै नेताले फकाउन पुगेका ओली र प्रचण्ड-नेपाल समूहका नेताहरुलाइ गुटगत भेलामा नजाने भन्दै बिचार गर्न २/४ दिनको समय मागेका थिए । नेकपामा तेस्रो धार निर्माण गरी मुलधारका दुबै पक्षसँग “बार्गेनिङ पावर” संचित गर्ने रणनीतिमा गौतम र थापा एक हुन लागेको स्रोतको दाबी रहेको छ ।

आज बिहान बसेको नेकपा ओली समूहले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । ओली समूहले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाई प्रदीप ज्ञवालीलाई प्रवक्ता नियुक्त गर्ने निर्णय समेत गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको स्रोतले बताएको हो ।

ओलीले केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरिसकेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

यता नेकपाको प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको घोषणा गरेलगतै नयाँ अध्यक्षमा माधव नेपाललाई चयन गरेको छ । प्रचण्ड-नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको थियो ।

वरिष्ठ नेता माधव नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो हो । आज मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई हटाउने गरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

ओलीलाई बर्खास्त गरेपछि नेपाल नेकपाको नयाँ अध्यक्ष भएको घोषणा

ओलीलाई अध्यक्ष पदबाट हटाइएको प्रचण्ड-नेपाल समूहको घोषणा

बालुवाटारमा भएको ओली समूहको भेला वैधानिकता प्राप्त नभएको प्रचण्डको दावी

संसद विघटन बदर गर्न माग गर्दै प्रचण्ड-नेपाल समूहका सांसदहरुद्वारा सर्वोच्चमा रिट दर्ता

उपाध्यक्ष वामदेवलाई भेट्न भैंसेपाटी पुगे गृहमन्त्री थापा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !