४ जेष्ठ २०८१, शुक्रबार

बालुवाटारमा भएको ओली समूहको भेला वैधानिकता प्राप्त नभएको प्रचण्डको दावी


प्रचण्ड फाइल फोटो

काठमाडौँ । विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षका केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अर्का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको केन्द्रीय समिति बैठकलाई भेलाको संज्ञा दिँदै त्यसले वैधानिकता प्राप्त गर्न नसक्ने बताएका छन् ।

६५ प्रतिशत केन्द्रीय सदस्य आफ्नो समूहले गरेको बैठकमा सहभागी भएकोले निर्वाचन आयोगको नियम कानुन ऐनअनुसार आफ्नो समूहको बैठक वैधानिक र आधिकारिक भाको दावी गर्दै बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त गर्न लायक नभएको उनले बताए ।

संवैधानिक निकायका पदाधिकारीले संविधान ऐन अनुसार विधि सम्मत ढंगले चल्ने भएकोले आफ्नो समूहको विधिलाई ती सबैले सम्मान गर्नेछन् भन्ने अपेक्षा गरेको उनले बताए । दाहालले पार्टीका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल आफ्नो समूहमा रहेको भन्दै यसको पनि ख्याल राख्नु पर्ने बताए । साथै सम्बोधनमा दाहालले सचिवालय सदस्यहरु वामदेव गौतम र रामबहादुर थापा पनि आफ्नो पक्षमा आउने बताएका छन् ।

गौतम र थापा दुवै पक्षका बैठकमा उपस्थित भएका छैनन् । बबरमहलमा दाहाल-नेपाल समूहको बैठक चलिरहँदा उनीहरु भैंसेपाटीस्थित गौतम निवासमा भेटवार्तामा थिए । अर्का अध्यक्ष ओली समूहले केन्द्रीय समिति विस्तार गरेको विषयमा टिप्पणी गर्दै दाहालले दुई तिहाइ भन्दा बढी संख्या थपेर आधिकारिकता दिन्छन् भन्ने ओलीले नसाेचे हुने उनले चेतावनी समेत दिएको छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !