८ बैशाख २०८१, शनिबार

संसद विघटन बदर गर्न माग गर्दै प्रचण्ड-नेपाल समूहका सांसदहरुद्वारा सर्वोच्चमा रिट दर्ता


न्यून आय भएका र दैनिक ज्यालादारी गर्नेलाई राहत देऊ सरकार

काठमाडौं । विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका सांसदहरुले संसद विघटनको निर्णयविरुद्ध रिट सर्वोच्च अदालतमा दर्ता गरेका छन् । नेकपाकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रिट लिएर आज दिउसो सर्वोच्च पुगेका थिए ।

उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै राष्ट्रपति संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

प्रचण्ड-नेपाल समूहका एक सांसद अनुसार रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि प्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !