१२ असार २०८१, बुधबार

प्रचण्डलाई खुमलटार भेटेलगतै प्रधानमन्त्री ओली किन पुगे गृहमन्त्री थापालाई भेट्न पुल्चोक ?


केपी ओली र राम बहादुर थापा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता सकिए लगतै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक मन्त्री क्वाटर पुगेका छन् । अहिले प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमा छन् ।

ओली-प्रचण्डवीच खुमलटारमा १ घण्टा भेटवार्ता भएको छ । बिहान ११ बजे खुमलटार पुगेका ओली १२ बजेपछि खुमलटारबाट बाहिरिएका छन् । शुरुमा दुई नेताबीच मात्रै भेटघाट हुने भनिएपनि उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधव नेपाल पनि खुमलटार पुगेका थिए । ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका थिए भने गौतम पुगेको आधा घण्टापछि नेपाल खुमलटार पुगेका हु्न् ।

अहिले प्रचण्ड, वामदेव र नेपालबीच खुमलटारमा भेटवार्ता भइरहेको छ । नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई भेट्न पुल्चोक मन्त्री क्वाटर पुग्नुलाई पनि राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओलीले शुरुमा गृहमन्त्री थापाको निवासमा एक्लाएक्लै छलफलमा गरेको बताइएको छ । प्रचण्डसँग वामदेव गौतमको उपस्थितिमा छलफल भएपनि सार्थक नतिजा ननिस्केपछि प्रधानमन्त्री गृहमन्त्री निवास पुगेका हुन् । नेकपाभित्र देखिने विवाद समाधान गर्नमा उपाध्यक्ष वामदेव गौतमका साथै गृहमन्त्री थापाको भूमिका पनि महत्वपूर्ण रहने गरेको छ ।

थापासँगको भेटवार्ता चलिरहँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ पनि छलफलमा सहभागी हुन पुगेका थिए । नेकपाभित्रको विवाद ‘भुसको आगो’ झैं भित्रभित्रै सल्किरहेको अवस्थामा नेताहरुबीचको भेटले सहमतिको प्रयास पनि तीव्र बनेको हो की भन्ने अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले शनिबार एकाएक सक्रियता बढाएसंगै राजनीतिक वृत्तमा चासोपूर्ण रुपमा हेरिनुको साथै नेकपामा के को खिचडी पाकिरहेको छ भन्ने जिज्ञाषा बढेको छ । सवै भेटवार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

विभिन्न शंका उपशंकाको आंकलन हुदै गर्दा त्यो अव केहि समयभित्र नेकपामा देखिने विकसित घटनाक्रम र धुर्वीकरणले अझ प्रष्ट हुनेछ किनकी विगतमा नेपालको राजनीतिक विश्लेषण गर्ने कतिपय माहिर राजनीतिक विश्लेषकको विश्लेषण समेत झुट्टा सावित हुने गरेका छन् ।

यो पनि पढ्नुहोस्

ओली-प्रचण्डको भेटवार्तापछि नेपाल पनि अचानक किन पुगे खुमलटार ?

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?

पेरिस डाँडामा अचानक प्रचण्ड-नेपाल समूहको भेला, अव के गर्लान् ओलीले ?

नेकपा विवाद फेरि बल्झिने संकेत : अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

नेकपाको आन्तरिक विवाद के समाधानतर्फ नै उन्मुख भएको हो त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !