३ आश्विन २०८१, बिहीबार

आज साँझ बोलाइएको संवैधानिक परिषद्को बैठक किन भयो फेरि अचानक स्थगित ?


संवैधानिक परिषद्को बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५:३० बजे बोलाएको संवैधानिक परिषद्को बैठक अचानक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले बैठक बोलाएसँगै बालुवाटार पुगेका नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गरेका हुन् ।

स्रोतका अनुसार ओलीसँगको भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा बैठक बोलाइनुको कारणबारे प्रश्न गरेका थिए । तर, बैठकमा ओलीले केही छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको अस्पष्ट जवाफ दिएका थिए ।

तर, प्रचण्डले प्रतिवाद गर्दै पार्टीले निर्णय गरे अनुसार अघि बढ्नुपर्ने र अहिलेको अवस्थामा बैठकको औचित्य नहुने बताएपछि बुधबारको स्थायी समिति बैठक अनुसार नै अध्यादेश फिर्ता हुने र आजको बैठक पनि स्थगित गर्ने ओलीले बताएका हुन् ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बस्ने बैठकमा सहभागी नहुने बताएका थिए । परिषदको बैठक स्थगित भएको जानकारी आएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना पनि आज बस्ने बैठकमा नगएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

यसअघि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका थिए ।

उनले आज बस्ने भनिएतापनि स्थगित भएको परिषद् बैठकमा एकलौटी रुपमा अख्तियार लगायत निकायमा नियुक्ति गर्ने उनको तयारी गरेका थिए । नेकपामा विवाद सल्टियो भनिरहेकै बेला प्रधानमन्त्री ओलीले बुधबार गरेको सहमति लत्याउँदै पुनः आज संवैधानिक परिषद्‍ बैठक बोलाएकोले नेकपाको विवाद फेरि बल्झिने संकेत देखिएर नेकपाका नेताहरु तथा कार्यकर्ताहरु चिन्तित बनेका थिए ।

आज फेरि प्रधानमन्त्री ओलीले हिजो बुधबार भएको सहमति लत्याउँदै अध्यादेश फिर्ता नगरी आज साँझ ५:३० बजे संवैधानिक परिषद्को बैठक बोलाउनुको मुख्य कारण भनेको प्रचण्डलाई दवाव सिर्जना गरेर आफूमाथि प्रचण्डले विभिन्न आरोपहरु लगाएर सचिवालय बैठक पेश गरेको प्रस्तावलाई फिर्ता गर्न बाध्य बनाउने रणनीतिक कुटिलता रहेको थियो ।

साथै हिजो सहमति भए अनुसार नेकपाका दाहाल-नेपाल समूहका कोटाका मानिसहरु विना संवैधानिक निकायमा नियुक्ति ओलीले गरेमा पुराना द्वन्दकालका मुद्धा ब्युताएर कुनै कुनै रुपमा आफू पनि तानिने हो कि भन्ने मनको बाघले उनीलाई पनि सताउएकोले गर्दा आज साँझ ५:३० बजे बस्ने भनिएको परिषद् बैठक कुनै हालतमा पनि रोक्नुपर्ने बाध्यता भएकोले उनी हनिएर बालुवाटार पुगेको हुनसक्ने आंकलन गर्न सकिन्छ ।

यसरी हिजोको सहमतिलाई उल्लंगन गरेर अध्यादेश फिर्ता नलिई एकाएक ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपामा ठुलो तरंग उत्पन्न भएको थियो । प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा विवाद फेरि बल्झिने संकेत : अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

प्रधानमन्त्रीले फेरि किन बोलाए बालुवाटारमा मन्त्रिपरिषद्को बैठक ?

प्रधानमन्त्री ओलीलाई दुवै पदवाट हटाउने झलनाथ खनालको दावी

पार्टीले भन्नेवित्तिकै अध्यादेश फिर्ता नहुने ईश्वर पोखरेलको दावी

नेकपाको आन्तरिक विवाद के समाधानतर्फ नै उन्मुख भएको हो त ?

ओलीले फेरि किन देखाए वामदेवलाई प्रधानमन्त्रीको ललिपप ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !