२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओलीलाई दुवै पदवाट हटाउने झलनाथ खनालको दावी


झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने दाबी गरेका छन् । एक मिडियासँग कुरा गर्दै खनालले स्थायी कमिटी बैठकले गर्ने निर्णय सबैले मान्नुपर्ने पनि बताए ।

नेता खनालले भने, “पार्टीको केन्द्रिय समितिले पार्टी अध्यक्ष बनाउन सकिन्छ भने हटाउन पनि सकिन्छ। त्यसैले ओलीलाई दुवै पदवाट हटाउन पनि सकिन्छ। हामी भदौ २६ गतेको सहमतिमा फर्कन सक्दैनौं । हामीले पार्टीलाई दुर्घटनाबाट बचायौं । अब पार्टीलाई बहस, छलफल गरेर अघि बढाउँछौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !