२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्रीले फेरि किन बोलाए बालुवाटारमा मन्त्रिपरिषद्को बैठक ?


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बस्ने भनिएको बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्न लागेको बताइएको छ । हिजो बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिएको थियो ।

सरकारले हालै ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार स्थायी कमिटी बैठक अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए ।

लामो रस्साकस्सीका वावजुद नेकपा अध्यक्षद्वय ओली र दाहालवीच सहमित भएर प्रधानमन्त्री ओली हिजो बसेको नेकपाको स्थायी कमिटि बैठकमा सहभागी भएका थिए । नेकपाका अध्यक्षद्वय ओली र ‘प्रचण्ड’को सहमतिका आधारमा स्थायी कमिटीको बैठक चल्न थालेपछि पार्टीभित्रको अन्तरविरोध निकासतर्फ उन्मुख देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !