पार्टीले भन्नेवित्तिकै अध्यादेश फिर्ता नहुने ईश्वर पोखरेलको दावी Nepalpatra पार्टीले भन्नेवित्तिकै अध्यादेश फिर्ता नहुने ईश्वर पोखरेलको दावी
१९ असार २०७९, आइतबार

पार्टीले भन्नेवित्तिकै अध्यादेश फिर्ता नहुने ईश्वर पोखरेलको दावी


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर सरकारले गल्ती नगरेको बताएका छन्। सत्तारुद दल नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यसमेत रहेका पोखरेलले अध्यादेशलाई राजा महेन्द्रको पालामा भएको पुस १ गतेको राजनीतिक ‘कू’सँग जोड्नु पनि बेकार हुने बताए ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुरा गर्दै पोखरेलले भने, “अध्यादेशको लागि अध्यादेश थिएन, संविधानलाई अपदस्थ गर्न ल्याउने कुरा थिएन । संवैधानिक अध्यादेशलाई पुस १ गतेको तारतम्यसँग कसैले जोड्छ भने त्यो बेकारको कुरा हो ।”

पार्टीले फिर्ता लिने भन्दावित्तिकै अध्यादेश फिर्ता नहुनेसमेत पोखरेलले दावी गर्दै भने, “अध्यादेश फिर्ता लिने निर्णय भएको हो । अध्यादेश फिर्ता गर्न फेरि न्यू प्रोसेस हुन्छ । यहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले फिर्ता लिने भन्नेवित्तिकै फिर्ता लिने कुरा हुँदैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !