२३ बैशाख २०८१, आइतबार

प्रधानन्यायाधीश पराजुलीले तोके आफूसहितको इजलास


gopal-parajuli

३० पुस, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको योग्यताका विषयमा गम्भीर आरोप लागेपछि दैनिक कामकाजवाट अलग हुने अपेक्षा आम नागरिकले गरिरहेका बेला पराजुलीले भने नियमित कामलाई निरन्तरता दिएका छन् । पराजुलीले आइतबार मुद्दाको पेशी तोक्दै आफू सम्मिलित दुई इजलास पनि गठन गरेका छन् ।

पराजुली सम्मिलित दुई संयुक्त इजलासमा १९ वटा मुद्दाका पेशी तोकिएका छन् । पहिलो इजलासमा न्यायाधीश प्रकाशमानसिंह राउतसँग एउटामात्र मुद्दाको पेशी तोकेका छन् । कानुन अध्ययन केन्द्रका वीरेन्द्र थपलियाले प्रधानमन्त्री कार्यालय विपक्षी बनाइ दायर रिटको निर्णय सुनाउने गरी पराजुलीले इजलास तोकेका छन् ।

दोस्रो संयुक्त इजलासमा १८ वटा मुद्दा रहेका छन् । उक्त इजलासको अर्को सदस्यमा सपना मल्ल प्रधान छिन् । गत बुधबार सर्वोच्चले डा. गोविन्द केसी विपक्षी रहेको अपहेलना मुद्दामा सुनुवाइ गर्दै पराजुलीको शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि तथा नागरिकताका प्रतिलिपि अध्ययनका लागि माग गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !