१४ बैशाख २०८१, शुक्रबार

अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा


दीप बस्न्यात

काठमाडौँ । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । उनलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी विशेष अदालतमा प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । अदालतमा अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातसँग लिएको बयानपछि अदालतले उक्त आदेश जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ जना मन्त्री र ३ जना पूर्वसचिवसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद बिक्री गर्ने विरुद्ध पनि मुद्दा दायर गरिएको थियो । त्यसमध्ये भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङ समेत रहेका थिए । गत फागुनमै अदालतमा उपस्थिति हुन अदालतले भनेता पनि कोरोनाको महाकारीका कारण गरिएको बन्दाबन्दीले सरेको थियो ।

पूर्वमन्त्रीहरुमा डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्वसचिव दिनेशहरि अधिकारी उपस्थित भई जोशी बाहेक अन्य जनही ५ लाख धरौटीमा छुट्ने आदेश भएको थियो । अदालतले जोशीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो ।

यो पनि पढ्नुहोस्

ललितानिवास जग्गा प्रकरणः दोषी जोगाउन मन्त्रीबाटै चलखेल

ललिता निवास प्रकरणमा यसकारण जोगिए पूर्वप्रधानमन्त्री नेपाल र डा. भट्टराईसहित ९ जना

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नलगाउनुको कारण माग !

बहुचर्चित ललिता निवास प्रकरण : काँग्रेसका उपसभापति गच्छदारको सम्पत्ति रोक्का

ललिता निवास प्रकरणः ‘भूमाफिया’लाई न्यायाधीशको लिफ्ट

सीआईबीमै अड्कियो ललिता निवासको छानबिन

ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट अवरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !