१३ बैशाख २०८१, बिहिबार

ललिता निवास प्रकरणः ‘भूमाफिया’लाई न्यायाधीशको लिफ्ट


बालुवाटार

असार २५, काठमाडौं । शोभाकान्त ढकालः मिलाउने भए ५० लाखमा मिलाउनुस्, नभए अदालतमा भएको मुद्दाको कुरा मुद्दाबाटै टुङ्गिन्छ । त्यहाँ के कसो गर्नुपर्छ, मैले पनि सिकेको हुँला, ७५ जिल्लाका न्यायाधीशमध्ये २÷४ जना मेरा पनि साथी छन् ।

शान्ता खनालः तपाईंले हामीलाई १६ लाख रुपैयाँ तिर्नुपर्ने ठाउँमा उल्टै साढे २ करोड रुपैयाँको झुटो मुद्दा लगाउनुभयो । त्यति बेलाको पैसाको ब्याज र अरु हिसाब गर्दा १ करोड २० लाख रुपैयाँ नभए मलाई मर्का पर्छ । म अलि तल झेरर कुरा गर्दा पनि एक (करोड) घटी मान्दिनँ ।

यो बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेज प्रकरणमा मुछिएका शोभाकान्त ढकाल र उनकी भान्जीबुहारी पर्ने शान्ता खनालबीचको संवाद हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !