२५ बैशाख २०८१, मंगलबार

विश्वप्रकाशले भने- एजेण्डा भएकालाई कांग्रेसको नेतृत्व दिने हो


विश्वप्रकाश शर्मा

२६ पुस, काठमाण्डौ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उमेर हुनेले नभई एजेण्डा हुनेले पार्टीको नेतृत्व गर्ने बताएका छन् । पार्टी प्रवक्ताका रुपमा पहिलो पत्रकार सम्मेलन गरेका शर्माले केन्द्रीय कार्यसमिति बैठक छिट्टै बस्ने बताए ।

प्रवक्ता नियुक्त हुनु अघि शर्मा नेतृत्व हस्तान्तरणको माग गर्दै अभियान चलाउने युवा नेताहरुको समूहमा थिए । तर, शर्माले आफूले विशेष महाधिवेशनको माग नभर्इ केन्द्रीय कार्यसमितिको बैठक माग गरेको दावी गरे । कांग्रेस भूकम्पपछिको नेपाल जस्तै बनेकोले केही ढिलो भएपनि पुनर्निर्माणका लागि तयारी भइरहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !