२६ बैशाख २०८१, बुधबार

राजाबादी भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई


योगेश भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन् । भूतप्रेत भनेर उनले राजाबादीहरुप्रति संकेत गरेका हुन् ।

जनताको लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन नेकपामा एकता आवश्यक रहेको उनले बताएका हुन् । नेकपाभित्र शिर्ष नेताहरुको व्यक्तिगत शक्तिसंघर्षले आम नागरिकमा छाएको निराशाको परिणामस्वरुप राजाबादीहरु सक्रिय हुन् थालेर देशभर प्रदर्शन गर्न थालेका छन् ।

आज झापाको विर्तामोडमा सिद्धार्थ होटल ग्रान्डसिटीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भने, ‘भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो ।’

उनले नेकपाभित्रको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा नेकपा अघि बढ्ने विश्वास व्यक्त गरे । नेकपा अहिलेको अप्ठेरो परिस्थितिबाट विभाजनलाई क्रमभंग गर्दै अघि बढ्ने जनाउँदै उनले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपंथी र चरम बामपंथीको चलखेललाई विफल तुल्याइने बताए ।

यो पनि पढ्नुहोस्

हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै ठूलो मोटरसाइकल र्‍याली (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !