१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई ओलीको प्रश्न – यो स्वस्थ नीतिगत बहस हो कि वार कि पारको लडाइँ ?


ओली-प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी विवाद वार पारको लडाइँमा पुगेको हो भन्दै प्रश्न गरेका छन् । आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा राजनीति प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई यस्तो प्रश्न गरेका हुन् ।

उनले प्रचण्डले राखेको राजनीतिक प्रस्ताव खारेजको समेत माग गरेका छन् । ३८ पृष्ठको जवाफी पत्रमा अध्यक्ष ओलीले बुँदा-बुँदा लेखेका छन् । उनको प्रतिवेदनमा कुल ५३ बुँदामा कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिइएको छ । कतिपय बुँदामा प्रचण्डलाई चर्काचर्का प्रश्न गरिएको छ ।

‘कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईँलाई मेरो प्रश्न छ – पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपाईले रोजेको बाटो वाद-प्रतिवाद-संवादको हो कि वाद-प्रतिवाद र विग्रहको ? एकता-छलफल र अझ उन्नत स्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता-विग्रह र विघटनको बाटोमा ? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको ?’

उनले चौंथो नम्बर बुदामा प्रश्न गर्दै भनेका छन्,’विवादको स्वरुपले समाधानको विधि तय गर्छ । वस्तुतः तपाईंले आफ्ना एकतर्फी लिखतमार्फत् पार्टीभित्रका असहमतिहरुलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नुभएको छ र कम्युनिष्ट आन्दोलनलाई गंभीर सङ्कटमा धकेल्नु भएको छ । समयले यसको उचित हिसाब गर्ने नै छ ।’

यो पनि पढ्नुहोस्

प्रचण्डको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीको ५३ बुँदे जवाफी प्रतिवेदन (पूर्णपाठ)

नेकपाको बहुप्रतिक्षित सचिवालय बैठक सम्पन्न : यस्तो भयो निर्णय

बहुप्रतिक्षित नेकपा सचिवालय बैठक जारी, होला त सहमति ?

ओलीले तयार पारे प्रचण्डले लगाएको आरोपको सवाल जवाफ : आजको सचिवालय बैठकमा के होला ?

प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ

सचिवालय बैठकमा महासचिव पौडेल भए आक्रोशित ल्याए आश्चर्यजनक प्रस्ताव

नेकपामा ओलीको प्रतीक्षा, आफूमाथि लगाइएको आरोप पुष्टि नभए प्रचण्डले अध्यक्ष पद छोड्नुपर्ने ओलीको चेतावनी

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !