२१ बैशाख २०८१, शुक्रबार

बाबुरामको युवासँग आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊ


डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गरेका छन् । केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि आज शनिबार विहान युवासँग यस्तो आग्रह गरेका हुन् ।

भट्टराईको ट्वीटरमा लेखेका छन्, ‘युवासंग आग्रह गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकी गिलास भरौं । नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् ।’ साथै उनले लेखेका छन्, ‘अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं । दुबैसॅग लडेर अघिजाने साहस गरौं ।’

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीवाट ओलीलाई हटाउनै पर्छ : डा. बाबुराम भट्टराई

अब प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं : डा. भट्टराई

प्रधानमन्त्री ओलीमा नैतिकता छ भने पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. भट्टराई

ओलीको संगतले प्रचण्डलाई धुरुधुरु रुनु परेको छ : डा. बाबुराम भट्टराई

ओली, दाहाल र देउवाले ९ अर्ब खाए : पूर्वप्रधानमन्त्री डा. भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !