७ बैशाख २०८१, शुक्रबार

ओलीको संगतले प्रचण्डलाई धुरुधुरु रुनु परेको छ : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौँ, असोज २३ । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संगतले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुरुधुरु रोएर बसेको बताएका छन् ।

पालुङटार नगरपालिका ६ मा बिहीबार आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले भने ‘बाबुराम नै नेकपामा जाँदैछ भन्ने टिप्पणी गर्छन्, प्रचण्ड नै लौ डुबियो, बर्वाद भो भनेर बिलौना गर्नुहुन्छ।’

प्रचण्डसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा बिलौना गरेको उनले बताए। ‘प्रचण्ड जि ओलीको फेला पर्नुभयो’ उनले भने। प्रधानमन्त्री ओली गणतन्त्र र संघीयताको बिरोधी भएको आरोप भट्टराईले लगाए।

साथै भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना अलपत्र पारेर नौ अर्ब रुपैयाँ घोटाला गरेको बताएका छन् । नेकपाका अध्यक्षद्वय ओली, दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले नौ अर्ब कमिसन खाएर आयोजना अलपत्र पारेको उनले दावी गरे। ‘अरबौँको भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ’ उनले ठोकुवा गर्दै भने ।

बुधबार र बिहीबार दुईदिन कार्यकर्ता भेटघाट, कर्मचारी, जनप्रतिनिधिसँग जिल्लाको विकास निर्माणका बारेमा छलफल गर्ने बिभिन्न कार्यक्रमका लागि भट्टराई गृह जिल्लामा थिए । यो समाचार आजको नागरिक दैनिकमा नरहरि सापकोटाले लेखेका छन् ।

यो पनि पढ्नुहोस्

ओली, दाहाल र देउवाले ९ अर्ब खाए : पूर्वप्रधानमन्त्री डा. भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !