२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीमा नैतिकता छ भने पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. भट्टराई


प्रधानमन्त्री ओली र बाबुरामको जुहारी

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता नभएको आरोप लगाएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले ओलीमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुने बताएका छन् ।

डा. बाबुराम भट्टराईले एक स्टाटस लेख्दै भनेका छन्, “प्रम@kpsharmaoli मा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ।अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न है:१शासकीय स्वरूप२निर्वाचन प्रणाली३जनलोकपाल४आर्थिक विकास।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !