१४ बैशाख २०८१, शुक्रबार

अर्थमन्त्री खतिवडाले राजिनामा दिएपछि अवको नयाँ अर्थमन्त्री को ?


प्रधानमन्त्री ओली र डा. युवराज खतिवडा

काठमाडौं, १९ भदौ । नेपाल सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले शुक्रबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन् । राष्ट्रियसभाको रिक्त एक पदमा हिजो बिहीबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको थियो ।

संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बनेका खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ । संविधानमा सांसद नभएको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था भएकोले उनको कार्यकाल शनिबारदेखि सकिन लागेको थियो ।

अर्थमन्त्री खतिवडाले राजिनामा दिएपछि अवको नयाँ अर्थमन्त्री को ? भन्ने बारेमा नेकपामा चर्चा परिचर्चा शुरु भएको छ । नयाँ अर्थमन्त्रीको रुपमा नेकपामा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायतका नेताहरु दौडमा छन् । जसमध्ये गौतमको चासो बढी छ ।

यद्धपी आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष गौतमको नाम सिफारिश गरेको छैन् । उनी सांसद बनेलगत्तै अर्थ मन्त्रालयको दाबी गर्ने तयारीमा छन् । तर, गौतमलाई अर्थको साटो गृह वा अन्य कुनै मन्त्रालयमा लैजान प्रधानमन्त्री केपी शर्मा ओली तयार भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।बामदेव भने अर्थ मन्त्रीमै जोडबल गर्न रणनीति बनाएर लागेका छन् ।

ओली भने अर्थमन्त्रालय आफैसँग राखेर डा. खतिवडालाई सल्लाहकारका रुपमा राखेर चलाउन योजनामा रहेको बुझिएको छ । खतिवडालाई नै अर्थमन्त्री बनाउने उपायबारे पनि ओलीले छलफल गरेको बुझिएको छ । यसका लागि उनले कानुनी परामर्श समेत गरेका छन् । अर्थमन्त्रीमा खतिवडा रहन संविधान बाधक भएपनि उनैलाई छायाँ अर्थमन्त्री राखेर चलाएर ओलीले देखाउने बुझिएको छ ।

यो पनि पढ्नुहोस्

अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा

तत्काल मन्‍त्रिपरिषद् पुनर्गठन हुँदैन, ढुक्कले काम गर्नुस् : प्रधानमन्‍त्री ओली

अन्तत: अर्थमन्त्री खतिवडाले दिने भए राजीनामा

खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा

बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक जारी, वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !