१३ बैशाख २०८१, बिहिबार

तत्काल मन्‍त्रिपरिषद् पुनर्गठन हुँदैन, ढुक्कले काम गर्नुस् : प्रधानमन्‍त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं,  भदौ  १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् । आज शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्न निर्देशन दिँदै यस्तो बताएका हुन् ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले मन्त्री फेरिने विषयमा भन्दा मन्त्रालयको काममा तनाव लिन समेत निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका हुन् ।

‘हल्लाको पछि नलाग्नुस्, मन्त्रिपरिषद् पुनगर्ठन हुँदैन’ उनले मन्त्रीहरुलाई भनेका छन्, ‘ढक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ।’ ‘आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्नुहोस्’, प्रधानमन्त्रीले बैठकमा निर्देशन दिँदै भने, ‘मन्त्री फेरिने विषयमा भन्दा पनि आफ्नो मन्त्रालयको कामको तनाव लिनुहोस् । रिक्त मन्त्रालयमा नयाँ मन्त्री आउनुहुन्छ तर मन्त्रिपरिषद् पुनर्गठन हुँदैन ।’

सत्तारुढ नेकपामा नेतृत्व विवाद चर्कदै गर्दा मन्त्रिपरिषद नै पुनर्गठन हुने चर्चा भएकोप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले गलत प्रचारको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

अन्तत: अर्थमन्त्री खतिवडाले दिने भए राजीनामा

खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा

बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक जारी, वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !