१४ बैशाख २०८१, शुक्रबार

अन्तत: अर्थमन्त्री खतिवडाले दिने भए राजीनामा


प्रधानमन्त्री ओली र डा. युवराज खतिवडा

१९ भदौ, काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । खतिवडाले साँझसम्म राजीनामा दिने बताइएको छ ।

बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि खतिवडाको पद जाने निश्चित भएको हो । खतिवडालाई ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै धन्यवाद दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !