१५ बैशाख २०८१, शनिबार

बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक जारी, वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने


मन्त्रिपरिषद् बैठक

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले मन्त्रिपरिषद्को बैठक जारी रहेको जानकारी दिएका छन् । केहीबेरअघि शुरु भएको मन्त्रिपरिषदको बैठकले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

हिजो बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नेछन् । सचिवालयका बहुमत सदस्यले उपाध्यक्ष गौतमलाई बनाउन चाहेपछि गौतमलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्री ओलीले नै प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म पनि खतिवडालाई नै राष्ट्रिय सभामा पठाउन चाहेर सांसद नभएपनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुसार खतिवडा मन्त्री बनेका थिए। खतिवडाको ६ महिने कार्यकाल भोलि शनिबार भदौ २० गतेदेखि सकिँदैछ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक रहनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !