२५ बैशाख २०८१, मंगलबार

पार्टी दुर्घटना नजिक देखिन्छ, सबै रोकिएर सल्लाह गरौ : मन्त्री भट्टराई


योगेश भट्टराई

काठमाडौँ, साउन १३ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको नजिक पुगेको संकेत गरेका छन् । आज सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले सो कुराको जानकारी दिएका हुन् ।

यद्पी पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको बेला सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउनका लागि भन्दै दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव दिएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित् गरेकोमा आपत्ति जनाएका छन् । बैठक बस्नुभन्दा आधा घण्टा अघिमात्रै ओलीको सचिवालयले आजको बैठक स्थगित् भएको सन्देश प्रवाह गरेपछि दाहाल ओलीसँग आक्रोशित बनेका हुन् ।

अध्यक्ष ओलीको अनुपस्थितिमै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका हुन् । बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको थियो । लामो समय स्थगित भएर सुरु भएको बैठकले पार्टी भित्रको विवाद मिलाउने अपेक्षा गरिएको छ ।

उनले फेसबुकमा लेखेका छ, ”दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !