५ जेष्ठ २०८१, शनिबार

प्रचण्डको अध्यक्षतामा बैठक सुचारु गर्ने दाहाल-नेपाल पक्षको तयारी, बैठकमा ओलीको राजीनामा मागिने


नेकपा स्थायी समिति बैठक

काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा को आज बस्न लागेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् ।

ओलीले एकतर्फी रुपमा स्थगित गरेपनि दाहालसहित बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक सुरु गर्ने तयारीमा जुटेका छन् । अध्यक्ष दाहालले बैठकको अध्यक्षता गर्ने र बैठक सुचारु गर्ने दाहाल-नेपाल पक्षको तयारी छ । आजको बैठकले ओलीलाई राजीनामा दिन निर्देशन दिनेगरि निर्णय गर्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !