![नेकपा स्थायी समिति बैठक](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/NEKPA-Sthai-Kamiti-Baithak.jpg?fit=1020%2C473&ssl=1)
काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा को आज बस्न लागेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् ।
ओलीले एकतर्फी रुपमा स्थगित गरेपनि दाहालसहित बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक सुरु गर्ने तयारीमा जुटेका छन् । अध्यक्ष दाहालले बैठकको अध्यक्षता गर्ने र बैठक सुचारु गर्ने दाहाल-नेपाल पक्षको तयारी छ । आजको बैठकले ओलीलाई राजीनामा दिन निर्देशन दिनेगरि निर्णय गर्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।