१९ बैशाख २०८१, बुधबार

नेकपा स्थायी कमिटी बैठक एकैछिन बसेर फेरि स्थगित, अर्को बैठक साउन १३ गते बस्ने


नेकपा स्थायी कमिटी बैठक

काठमाडौँ, साउन ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको राहत र उद्धारमा खटिने निर्णय गरेको छ । अर्को बैठक साउन १३ गते बस्नेछ ।

नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुदै आएको छ । समस्या समाधानका लागि पटकपटक भएका प्रयास समेत निश्कर्षमा नपुगेपछि एक पक्षले अर्को पक्षलाई दोष देखाइरहेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब बढिरहेको परिप्रेक्षमा ओलीले शनिवार बालुवाटारमा बसेको सचिवालय वैठकमा यस्तो प्रस्ताव ल्याएका हुन् ।

तर, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका छन् । साथै बरिष्ट नेता नेपालले मंसिरमा महाधिवेशन सहज नभएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक आजै १ बजे बस्ने

नेकपा स्थायी समिति बैठक बालुवाटारमा बस्दै

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक साउन ६ गते बस्ने

पार्टी एकता महाधिवेशन मंसीरमा गर्न ओलीको प्रस्ताव, नेपाल पक्ष असन्तुष्ट

नेकपा सचिवालयको निर्णय : पार्टी एकता कायम राख्दै सहमति खोज्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !