२१ बैशाख २०८१, शुक्रबार

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक साउन ६ गते बस्ने


नेकपा स्थायी कमिटी बैठक

४ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले आज एक प्रेस विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

तर नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी स्थायी कमिटीकाे बैठक साउन ६ गते ३:०० बजेसम्म स्थगित भएकाे जानकारी सामाजिक संजाल फेसबुकमार्फत दिएका छन् ।

दलको आन्तरिक विषयमा सचिवालय र शीर्ष नेताहरु छलफलमा रहेकोले गर्दा बैठक सर्दै आएको छ । यसअघि स्थायी कमिटी बैठक ६ पटकसम्म स्थगित भइसकेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब बढिरहेको परिप्रेक्षमा ओलीले शनिवार बालुवाटारमा बसेको सचिवालय वैठकमा यस्तो प्रस्ताव ल्याएका हुन् ।

ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका छन् । जसको विश्लेषण गर्दा ओली-प्रचण्ड सहमतिको नजिक पुगेको अनुमान गर्न सकिन्छ ।

तर, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका छन् । साथै बरिष्ट नेता नेपालले मंसिरमा महाधिवेशन सहज नभएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

पार्टी एकता महाधिवेशन मंसीरमा गर्न ओलीको प्रस्ताव, नेपाल पक्ष असन्तुष्ट

नेकपा सचिवालयको निर्णय : पार्टी एकता कायम राख्दै सहमति खोज्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !