१४ बैशाख २०८१, शुक्रबार

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छी वीच भेटवार्ता


नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छी वीच भेटवार्ता

काठमाडौँ, असार २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबिच भेटवार्ता भएको छ । आन्तरिक पार्टी भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेर पार्टी फुटको संघारमा रहेका बेला नेपालका लागि चिनियाँ राजदूतको सक्रियता पुनः देखिएको छ ।

चिनियाँ दूतावास स्रोतका अनुसार आज बिहीबार बिहान प्रचण्डलाई भेट्न उनी खुमलटार निवासमा पुगेकी थिइन् । प्रचण्डको सचिवालयले भने उक्त भेटको पुष्टि गरेको छैन । भेटका क्रममा दुई पक्षीय हितका विषयमा कुराकानी भएको दूतावासले जनाएको छ ।

चिनियाँ दूतावासका प्रवक्ता चाङ सीका अनुसार चीनले नेपालमा स्थायी सरकार र विकास भएको हेर्न चाहेकोले गर्दा आजको भेटमा प्रचण्डसँग पनि राजदूतले त्यही कुरा गरेको उनले बताएका छन् । उनका अनुसार कुनै देशको राजदूतले नेताहरूलाई भेट्नु सामान्य कूटनीतिक चलन हो र चीनले हामी कुनै पनि देशको आन्तरिक मामला हस्तक्षेप गर्दैनौं भनेका छन् ।

पछिल्लो समय राजदूत यान्छीले नेकपाका वरिष्ठ नेताहरू माधवकुमार नेपालझलनाथ खनाललाई भेटेकी थिइन् । कतिपयले चिनियाँ राजदूतको सक्रियता अस्वभाविक भएको बताएका छन् । नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूत नेकपा नेताहरुसँग भएको भेटलाई अर्थपूर्ण मानिएको छ । यसअघि पनि नेकपा विवाद समाधानमा चिनियाँ राजदूत होउको भूमिका देखिएको थियो ।

यो पनि पढ्नुहोस्

नेकपाका वरिष्ठ नेता खनाल र चिनियाँ राजदूत होउ यान्छी वीच भेटवार्ता

नेकपाका वरिष्ठ नेता नेपाल र चिनियाँ राजदूत होउ यान्छी वीच भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !