७ बैशाख २०८१, शुक्रबार

नेकपाका वरिष्ठ नेता खनाल र चिनियाँ राजदूत होउ यान्छी वीच भेटवार्ता


नेकपाका वरिष्ठ नेता खनाल र चिनियाँ राजदूत होउ यान्छी वीच भेटवार्ता

काठमाडौँ, असार २३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल र चिनियाँ राजदूत होउ यान्छीबिच भेटवार्ता भएको छ । आन्तरिक पार्टी भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेर पार्टी फुटको संघारमा रहेका बेला नेपालका लागि चिनियाँ राजदूतको सक्रियता पुनः देखिएको छ ।

आज मंगलवार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता खनाललाई भेट्न राजदूत होउ उनकै निवास डल्लु पुगेकी छिन् । उनीहरूबीच बिहान ९ देखि पौने १० बजेसम्म कुराकानी भएको स्रोतले जानकारी दिएको छ । खनालनिकट स्रोतले राजदूत यान्छीसँग दुई देशको आपसी हितका बारे कुराकानी भएको बताएको छ।

नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिएका बेला उत्तरी छिमेक चीनकी नेपालस्थित राजदूतको सक्रियता बढेको छ ।

दुई दिनअघि मात्र नेकपा बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेकी राजदूत यान्छीले मंगलबार अर्का बरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन् । यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत हप्ता नै भेटिसकेकी छिन् । यसअघि पनि नेकपा विवाद समाधानमा चिनियाँ राजदूत होउको भूमिका देखिएको थियो ।

यसअघि ओली सरकार डगमगाउँदा पनि यान्छीले शिर्ष नेताहरुसँग भेटेपछि कुरा मिलेको थियो । यसपटकको भेटलाई पनि नेकपाभित्र कुरा मिलाउने प्रयासका रुपमा लिइएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएकी छन् ।

यो पनि पढ्नुहोस्

नेकपाका वरिष्ठ नेता नेपाल र चिनियाँ राजदूत होउ यान्छी वीच भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !