८ बैशाख २०८१, शनिबार

नेकपाका वरिष्ठ नेता नेपाल र चिनियाँ राजदूत होउ यान्छी वीच भेटवार्ता


नेकपाका वरिष्ठ नेता नेपाल र चिनियाँ राजदूत होउ यान्छी वीच भेटवार्ता

काठमाडौँ, असार २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबिच भेटवार्ता भएको छ । आन्तरिक पार्टी भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेर पार्टी फुटको संघारमा रहेका बेला नेपालका लागि चिनियाँ राजदूतको सक्रियता पुनः देखिएको छ ।

आइतबार साँझ नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ उनकै निवास कोटेश्वर पुगेकी थिइन् । नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ । यसअघि पनि नेकपा विवाद समाधानमा चिनियाँ राजदूत होउको भूमिका देखिएको थियो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपाल पार्टीका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने पक्षमा रहेका छन् । स्थायी कमिटिका ४५ मध्ये ३० सदस्य उनीहरुको पक्षमा छन् ।

केन्द्रीय सचिवालयमा ओली संकटमा परेका बेला गएको वैशाख १९ गते राजदूत होउले प्रचण्ड नेपालसँग भेट गरेकी थिइन् । त्यसपछि भोलिपल्टको सचिवालय बैठकले ओलीको पक्षमा निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !