१५ बैशाख २०८१, शनिबार

प्रचण्ड-नेपाल समुहका नेताहरुको बैठक पनि खुमलटारमा जारी


प्रचण्ड-नेपाल समूह

ललितपुर, असार २० । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक थप दुई दिनलाई स्थगित गरेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन् । प्रचण्ड-नेपाल समुहका नेताहरु प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

प्रचण्ड निवास खुमलटारमा छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम आन्तरिक छलफलमा जुटेका छन् । साथै आज अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितलनिवास पुगेका छन् भने भेटवार्ता के विषयमा भएको भन्ने खुलाइएको छैन ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरु र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् । आजै ओलीले मन्त्रीहरुलाई बालुवाटार समेत बोलाएको बताएपनि छलफलको विषय खुल्न सकेको छैन ।

नेकपा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन स्थायी समिति बैठकमै आग्रह गरेपछि नेकपाभित्र पछिल्लो विवाद देखिएको हो ।

असार १४ गते मदन जयन्ती कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुलाई पदबाट हटाउन बिभिन्न शक्तिहरु लागेको भनी दिनुभएको अभिव्यक्तिमा केन्द्रित भएपछि विवाद देखिदै आएको छ ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । तर ओलीले भने दुवै पद नछाड्ने अडान लिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री राष्ट्रपति भेट्न पुगे शीतल निवास, मन्त्रीहरुलाई बोलाए बालुवाटार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !