१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा अस्पतालमा पुगेर इनफ इनफ ग्रुपका अनसनकारीहरूलाई भेट


प्रधानमन्त्री ओलीद्वारा अस्पतालमा पुगेर इनफ इनफ ग्रुपका अनसनकारीहरूलाई भेट

काठमाडौँ, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इनफ ग्रुपका अनसनकारीहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट गरेका छन् । भेटमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण गर्न पारदर्शी ढंगले सरकारले सक्रिय रहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लगाउँदै पाटनमा सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली मण्डिखाटारमा रहेको ह्याम्स हस्पिटल पुगेका छन् । गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको मणि मण्डपमा सत्याग्रहमा उनीहरुलाई स्वास्थ्य समस्या देखिएपछि ह्याम्स हस्पिटल लगिएको थियो ।

अभियन्ताहरुलाई हस्पिटल लगिएको करिब ३० मिनेटपछि ओली उनीहरुलाई भेट्न पुगेका हुन् । हाल एमर्जेन्सीमा रहेका पुकार र ईस्सँग प्रधानमन्त्रीले कुरा गरिरहेको इनफ इज इनफले जनाएको छ । प्रधानमन्त्री नै अस्पताल पुगेर सत्याग्रहीहरुको बारेमा बुझ्न आउनु सकारात्मक रहेको इनफ इज इनफले बताएको छ । उनीहरुले कोरोना परीक्षणमा पीसीआर लागू गर्न, आरडीटी बन्द गर्न र क्वारेन्टाइनको व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन् ।

ग्रुपले यसअघि सरकारको कामकारबाहीको विरोध गर्दै हस्ताक्षर संकलन, जनप्रतिनिधिलाई एसएमएसमार्फत जवाफ माग, मुलुकभर १०० भन्दा बढी स्थानमा शान्तिपूर्ण धर्ना तथा प्रदर्शनलगायत कार्यक्रम गरिसकेको छ ।

प्रधानमन्त्री ओलीद्वारा अस्पतालमा पुगेर इनफ इनफ ग्रुपका अनसनकारीहरूलाई भेट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !