१५ बैशाख २०८१, शनिबार

ओलीले पार्टी फुटाउने संकेत दिएपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे अध्यक्ष प्रचण्ड


प्रचण्ड

असार १८,काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बालुवाटारबाट शीतल निवास पुगेका छन् । स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका हुन् ।

बिहिबार अपरान्ह १२ बजेबसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटीको बैठक पनि प्रभावित भएको हो ।

नेकपाको स्थायी कमिटीको बैठक स्थगितपछि ओलीसँग भेटवार्ता भए लगत्तै उनी शीतल निवास पुगेका हुन् । ओलीसँग भएको भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने तर संसद अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले ‘दुई तीन दिन त केही हुन्न’ भनेको बालुवाटार स्रोतले जनाएको छ ।

ओलीले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश फेरि ल्याउन खोजेको नेताहरुको आशंका छ । यसले अध्यादेश ल्याउने तयारीको आशंकालाई बल पुर्‍याएपछि प्रचण्ड शीतल निवास गएका हुन् ।

प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !