२६ बैशाख २०८१, बुधबार

ओलीलाई आज कुनै हालतमा प्रधानमन्त्रीबाट हटाउने प्रचण्ड, नेपाल समुहको तयारी


खुमलटारमा छलफल

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य आज तय हुने भएको छ । स्थायी कमिटि बैठकमा विकल्पहरुसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम समुह प्रस्तुत हुने गरी रणनीति बनाएका छन् ।

ओलीले प्रधानमन्त्री पद छाड्नुपर्ने मुख्य छ । प्रधानमन्त्री सहजै छाडे अध्यक्ष पदबाट नहटाउने गरी लचिलो बन्ने रणनीति तयार गरिएको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, पद छाड्न नमाने उनीप्रति कठोर कदम चाल्ने गरी तयारी भएको छ । उनलाई कुनै हालतमा प्रधानमन्त्रीबाट हटाउनेमा उक्त समुहले टुंगो लगाइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !