१४ बैशाख २०८१, शुक्रबार

सरिता गिरीमाथि राज्यविरुद्धको कसुरमा उजुरी दर्ता, पक्राउ पर्ने सम्भावना


सरिता गिरी फाइल फोटो

काठमाडौं । सांसद सरिता गिरीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा जाहिरी परेको छ । राज्य विरुद्धको कसुरमा अधिवक्ता त्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीलाई कारबाहीका लागि जाहरी दिएका हुन् ।

शुक्रबार दिउँसो ५ बजे उजुरी दर्ता पनि भइसकेको छ । अदालतले पक्राउका लागि अनुमति दिएपछि प्रहरीले पक्राउ गर्नेछ । सांसद गिरीले संसद् बैठकमै नेपालले भारतलाई नसोधी नक्शा जारी गरेकाले त्यसको औचित्य नभएको बताएपछि चौतर्फी आलोचना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !