१५ बैशाख २०८१, शनिबार

हिऊले स्वर्ग झैँ सजिएको पाथीभरा (फोटो फिचर)


पाथीभरा

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको हिन्दू एवं बौद्धहरूको एक प्रसिद्ध धार्मिक तीर्थस्थल हो । यो ताप्लेजुङ जिल्लाको १२००० फिट उचाइमा रहेको छ । पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथी झैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनी  श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ।

पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ” भन्ने जनधारणा रहिआएको छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

 

तस्वीर : एगैन्द्र गुरुङ  र मिलन कांगमांग

यो पनि पढ्नुहोस्

पवित्र पाश्वत क्षेत्रमा मन बहलिँदा (फोटो फिचर)

शान्तिको पवित्र धार्मिक बुद्धको जन्मस्थल लुम्बिनी (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !